Slide 1

पृष्ठभूमि

Traditional Nepali Temple

पाल्पा जिल्ला रामपुर नगरपालिका वार्ड नं ३ स्थित यस शितल नगर दुर्गा मन्दिर एक वैष्णव दुर्गाको रुपमा समर्पित हिन्दु मन्दिर हो । यस मन्दिर तामाको गाग्री जस्तो डिजाइनमा मन्दिर सम्पन्न छ।पाल्पा जिल्ला रामपुर नगरपालिका बाट पूर्व ४ की मी र कालीगण्डकी तट बाट १ की मी द्षिणतर्फ रहेको यो मन्दिर एक धार्मिक साँस्कतिक संग सम्बन्धित रहेको छ । यो मन्दिर निर्माण हुन भन्दा पहिला यो निर्माण स्थल सार्वजनिक रहेको र त्यस जमीनले हरी कँडेल र केशव राज ज्ञवालीले उपभोग गर्दै आउनु भएको थियो । यस क्षेत्रमा धार्मिक महत्त्व जोगाउन र दैनिकी पूजा आजा गर्ने स्थल गराउन भनी यसै स्थानको शितलनगर आमा समूह द्वारा निर्माण गर्न भनी मिति २०७९-९-१६ गरेको दिन त्यस समूहकी अध्यक्ष मैयाँ देवी ज्ञवालीको नेतृत्त्वमा निर्माण समिति गठन गरी मिति २०७९-११-२५ गरेका दिन रामपुर नगरपालिका मेयर श्री रमण बहादुर थापा र यसै वार्ड अध्यक्ष श्री दामोदर पाठकहरुबाट शिलान्यास गरी मन्दिर निर्माण सुरु भएको थियो । यस मन्दिर को स्थापना गर्न र निर्माण कार्यमा साथ सहयोग गाउँबासी सबैको थियो र विशेष गरी मन्दिरको डिजाइन र निर्माण कार्यमा छिटोछरिदो गर्न र निर्माण सम्पन्न गर्न सहयोग गर्नु हुने त्यसै गाउँको समाजसेवी ऋषि राम ज्ञवालीले गर्नु भएको थियो । मन्दिरको शिलान्यास गरेको १ वर्षमानै मन्दिरको निर्माण कार्य सम्पन्न भएको थियो मिति २०८०-११-०२ गरेको दिन मन्दिर सम्पन्न गरी श्री पञ्चमीको दिन पारेर श्री वैष्णव दुर्गा माताको मुर्तिको स्थापना गरेर मन्दिरमा ७ दिन सम्म कथा वाचन भजन किर्तन लगाई मूर्तिको प्राण प्रतिष्ठा गरी मन्दिर मा दैनिक पूजा आजा सञ्चालन गरिएको छ ।मन्दिर मा विशेष गरी दैनिक पूजा आजा हुने भएको छ र हिन्दूहरुको महान पर्वहरुमा कथा वाचन तथा भजन किर्तन हुनेछ

सूचना र समाचार

सबै हेर्नुहोस्
 श्री शारदीय नबरात्र श्रीमद् भागवत नवाह ज्ञानमहायज्ञ

श्री शारदीय नबरात्र श्रीमद् भागवत नवाह ज्ञानमहायज्ञ

🌸 श्री स्वस्थानी व्रत कथा  🌸 2081

🌸 श्री स्वस्थानी व्रत कथा 🌸 2081

🌸 श्री स्वस्थानी व्रत कथा  🌸 2081

🌸 श्री स्वस्थानी व्रत कथा 🌸 2081

संचालक समिति विवरण

रञ्जु अधिकारी

रञ्जु अधिकारी

अध्यक्ष

शंकर ज्ञवाली

शंकर ज्ञवाली

सचिव

दिल माया श्रेष्ठ

दिल माया श्रेष्ठ

कोषाध्यक्ष

केशव राज ज्ञवाली

केशव राज ज्ञवाली

सदस्य

ऋषि राम ज्ञवाली

ऋषि राम ज्ञवाली

सदस्य

वर्षा घर्ती

वर्षा घर्ती

सदस्य

कमला गैरे

कमला गैरे

सदस्य

दुर्गा भण्डारी

दुर्गा भण्डारी

सदस्य

Copyright © श्री शितल नगर दुर्गा मन्दिर